काठमाण्डौ । काठमाण्डौको होटेल र्‍याडिसनमा शुक्रबारदेखि बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ।

दुईदिने शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ। 

अफेयर्स एजुकेसन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा मेटाउन २०० भन्दा बढी कोर्सहरुका बारेमा जानकारी प्रदान गरिनेछ। नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको आयोजकले जनाएको छ। 

शैक्षिक मेलामा नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पबारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइनेछ। 

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो।