काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय पेयपदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ। 

कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो। त्यसयता यसले एक्सन फर एसडीजी २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यस वर्ष वाईएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको छ। कोका–कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तीकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ।

वाईएसएफ इंगेज विथ आइसेकअन्तर्गतको एउटा कार्यक्रम हो। जसको मुख्य उद्देश्य युवा सशक्तीकरण रहेको छ। यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्दाहरुका बारेमा छलफल गर्न एकैठाउँमा भेला हुने अवसर प्रदान गर्छ। सशक्तीकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निस्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि योगदान दिन सकिन्छ भन्नेमा जोड दिन्छ।

अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो। यस वर्षको युथ स्पिक फोरमको विषय ‘स्वच्छ भोलिका लागि दिगो फोहोर व्यवस्थापन’ रहेको छ। वाईएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवं दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन्।

कोका–कोलाको ‘संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने’ उद्देश्य र आइसेकको ‘मानवीय क्षमताको पूर्णसदुपयोग र शान्ति’ उद्देश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदैछ। जसले यिनीहरु दुवैलाई आफ्नो उद्देश्यको एक कदम नजिक ल्याएको छ।