काठमाण्डौ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुने भएको छ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता–चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि मेला हुने भएको हो। फुटवेयरले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि तथा जुत्ता–चप्पल व्यापार प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो।
फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको छ। एसोसिएनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनका लागि मेला आयोजना गर्न लागेको बताए।
मेलामा नेपालमा उत्पादित जुत्ता–चप्पल तथा छालाजनय वस्तुहरु लेडिज, जेन्स र बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लािग लक्षित उत्पादनहरु रहने आयोजकले जनाएको छ।
मेलामा नेपालमा उत्पादित जुत्ता–चप्पल तथा छालाजन्य वस्तु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ पाइने आयोजकले जानकारी दिएको छ।
आयोजका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इन्डस्ट्रिज, शिखर सुज इन्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इन्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र सुज इन्डस्ट्रिज र रन सुज इन्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ। त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट सुज, नमस्ते फुटवेयर, ओएसिस फुटवेयर, किरण सुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ। २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago