काठमाण्डौ । अर्बन मार्टले आज वैशाख २३ गतेबाट ग्राहकका लागि आफ्नो ढोका खोलेको छ।
अर्बन फुड काठमाण्डौमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो। यसले सन् २०१२ देखि आफ्ना ग्राहकलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मिट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ।
अर्बन फुड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फुड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मिट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ।
अर्बन फुडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरजस्ता प्रमुख खुद्रा बिक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन्।
अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयूष राजभण्डारी भन्छन्, ‘हाम्रा मूल्यवान ग्राहकलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ। खुसी बाँड्नका लागि हामीले सुरुआतको दिन प्रशोधित उत्पादनहरुमा ३०% छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५% छुट प्रदान गर्नेछौँ।’
नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकका साथै अनलाइन बिक्रेता, होटेल र रेस्टुरेन्टहरुलाई पनि सहज हुनेछ। मार्टको ठीक पछाडि अर्बन फुडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यही माथि अर्बन फुडकै केन्द्रीय कार्यालय रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19