काठमाण्डौ। डिशहोम फाइबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगरको सुख्खडसल र बागफाटामा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन  गरिएको छ। 

सुख्खडसल शोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ। यो शोरुम उद्घाटन  डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्भिस सेन्टर सुपरभाइजर ज्योति फार्सवान, रि–एलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदीश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको दीपक ट्रेडर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

२०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपक ट्रेडर्सले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने दीपक ट्रेडर्सका सञ्चालक दीपकप्रसाद भट्टले जानकारी दिए।

यसैगरी बागफाटा शोरुमको सञ्चालन जेनिशा मोबाइल एन्ड इलेक्ट्रोनिक सेन्टरले गर्नेछ।

यो शोरुम उद्घाटन डिशहोमका तर्फवाट निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल, सर्भिस सेन्टर सुपरभाइजर ज्योति फार्सवान, रि–एलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदीश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको जेनिशा मोबाइलले  अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ। 

४०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको जेनिशा मोबाइलले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने जेनिशा मोबाइलका सञ्चालक हजारी चन्दले जानकारी दिए।