काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज प्रदेश १ को बिर्तामोडमा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन्। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न प्रदेशमा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह–सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिनेसमेत क्यापिटलले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19