काठमाण्डौ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर शृंखला नेपालमा सुरुआत गरेको छ। यी ट्रयाक्टरहरु महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरुजस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरुद्वारा सञ्चालित छन्। ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरुमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ।
नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमशः बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो। शुभारम्भ कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीको उपस्थिति थियो। छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने भएको छ।
महिन्द्रा एन्ड महिन्द्राको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने, ‘बदलिँदो समयसँगै किसानहरुको विकासित भइरहेका छन् र कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजी भइरहेको छ। नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस शृंख्ला सुरु गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। यो शक्तिशाली, कुशल इन्धन शृंखलाले किसानहरुलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, जसले गर्दा यो कुनै सम्झौता नगरिएको ट्राक्टरको रुपमा स्थापित गरेको छ। यससँगै बजारमा हाम्रो स्थिति थप मजबुत बनाउनेमा हामी ढुक्क छौं।’
शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पुर्याउन सक्षम बनाउने नयाँ एसपीप्लस शृंखला प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौँ। यो नयाँ ट्रयाक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ। यस शृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ। महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण पनिहो, जुन एक किसिमले हाम्रा ग्राहकहरु प्रति हाम्रो प्रतिबद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी हो।’
महिन्द्रा फार्म उपकरण क्षेत्र (फार्म इक्विपमेन्ट सेक्टर) बारे
महिन्द्रा संख्यात्मक आधार विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो। सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनल हार्भेस्टर इंकसँगको संयुक्त उद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता अन्तर्राष्ट्रिय महिन्द्रा एन्ड महिन्द्रा मार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्रीगर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड बन्नपुग्यो। जसमा विश्वव्यापी ग्राहकहरुलाई गरिएको बिक्री समावेश छ।
खाल्डाखुल्डीयुक्त र निर्मम भू–भागमा आफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमता प्रदर्शनका लागि प्रसिद्ध, महिन्द्राका ट्राक्टरहरुले कम्पनीलाई डेमिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन्। महिन्द्रा एन्ड महिन्द्रा यो उपलब्धि हासिल गर्ने एकमात्र ट्राक्टर उत्पादक कम्पनी हो र आज घरेलु तथा विश्वबजार दुवैका लागि बहु–कार्यात्मक प्रयोगका लागि विकसित सबैभन्दा विविध दायरा भएको ट्रयाक्टरहरु मध्ये एक भएको छ।
महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरुमा उपस्थिति छ र अमेरिका भारत बाहिर कम्पनीको लागि सबैभन्दा ठूलो बजार हो। आज महिन्द्राको विश्वव्यापी उत्पादन र एसेम्बली उपस्थिति रहेको छ। जसमा उत्तरी अमेरिका, ब्राजिल, फिनल्यान्ड, टर्की र जापानमा सहायक कम्पनीहरुमार्फत स्थलगत उपस्थिति छ।
महिन्द्राका बारेमा
सन् १९४५ मा स्थापना गरिएको महिन्द्रा ग्रुप १०० भन्दा बढी देशहरुमा २ लाख ६० हजार कर्मचारी भएका कम्पनीहरुको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो। यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचनाप्रविधि र वित्तीय सेवाहरुमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो। नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।
महिन्द्रा ग्रुपले विश्वव्यापी रुपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरुको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago