काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ।
काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरुणकुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19