काठमाण्डौ । अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

अनलाइनमार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् । 

यसैगरी २० जना यात्रुले क्यूएफएक्स् मुभि टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेञ्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । 

उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो ।  

बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत टिकट काट्ने यात्रु सहभागी थिए । बस सेवाले आगामी दिनमा पनि यात्रुलक्षित विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ ।