काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डौदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

गत जेठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाण्डौको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड  शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने  एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखुहँुदै भोटेचौर हेवन हिल  रिसोर्टसम्म पुगेको थियो। राइडमा सहभागीबीच एकतामूलक विभिन्न गेम खेलाइएको थियो। उनिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तर्क्रियात्मक कार्यक्रमहरु गरिएको थियो। 

राइडमा टीभीएस एनटर्कका ७० जना राइडरका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो। यसका साथै नेपालको प्रसिद्ध महिला बडीबिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडीबिल्डर अमित चन्द्र आर्या र कलाकार उषा उप्रेती र विपीन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए। 

टीभीएस एनटर्कका राइडरबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए। 

राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राविधिक टिमले दिएको थियो।

नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो। राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए।