काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ। 

काठमाण्डौ महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०८ औँ शाखा हो। 

योसँगै मेगा बैंकको काठमाण्डौ उपत्यकाभर ४६ शाखा कार्यालय पुगेका छन्।