काठमाण्डौ । केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैँतिहारका अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ।

यो क्याम्पेनअन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकका साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन्। विगत ५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ र देशभरका उपभोक्ताको शीर्ष रोजाइ बन्दै आइरहेको छ।

स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ।

स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरण उपलब्ध गराउँदै आइरहेको छ। ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ।