काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय पेयपदार्थ कोका–कोलाले यो वर्षको दसैंँका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन सुरुआत गरेको छ। 

दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मीठा–मीठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ। यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ ल्याइएको कोका–कोलाले जनाएको छ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साका रुपमा दसैंँलाई राखेको छ र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताका लागि नयाँँ र रोमान्चक थिमसहित क्याम्पेन गर्दै आएको छ। आफ्ना नेपाली उपभोक्ताको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चंगा उडाएको, टीका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्रअंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ।

क्याम्पेनका बारेमा कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्ध उत्सव स्वादसँग’लाई लिएर म एकदमै उत्साहित छु किनकि यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ। जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो। दसैंँ विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूर्ण नेपाली उपभोक्तालाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ।’ 

दसैंँ विशेष लेबलका साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ। यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्दतबाट दसैंँको तयारी गर्न थाल्छिन्। विज्ञापनमा दसैंँको मुख्य भागका रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन्। 

त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ। त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि छ। हामी हरेक वर्षको दसैंँमा हाम्रा उपभोक्ताका लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ। हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्तालाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्नेछ भन्ने हामीले आशा लिएका छौँ।’

दसैंँको अभिन्न हिस्साका रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ। यो रेसिपी पाउनका लागि उपभोक्ताले कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। यसका साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन्। 

यसका साथै उपभोक्ताले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न सक्नेछन्। यीमध्येबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन्।