काठमाण्डौ। लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा आफ्ना आदर्णिय ग्राहकवर्ग लक्षित आपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ। असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्युसम्म आयोजित उक्त राइडअन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रमअन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विकलगायतको सहभागिता थियो। उनीहरुले सुर्खेतमा टीभीएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे। उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए। 

कार्यक्रममा मन्तव्य राख्दै विकले भने, ‘यो हाम्रा लागि गर्वको कुरा हो। पश्चिम  नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु।’

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ। यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।