काठमाण्डौ । दसैँका अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ।
दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो।
बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। ‘एकै छानामुनि सुपथ मूल्यमा आमउपभोक्तालाई दसैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो’, उनले भने।
नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिपेमार्फट भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैँ विशेष छुट पाउने छन्। बर्सेनि आयोजना हुँदै आएको एक्सपोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए।
मेलामा दसैँका लागि आवश्यक सबै किसिमका सामग्री सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए। ‘मेलामा कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामानहरु राखिनेछ। बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ’, प्रधानले भने।
दसैँको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौँतारिनुपर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनी क्लियरेन्स मेला आयोजना गरिएको प्रधानको भनाइ छ।
असोज ७ गते सुरु हुने मेला असोज १० गतेसम्म चल्नेछ। बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago