काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई बैंकको फाइनान्सिल मार्केट्स एन्ड ट्रेजरी मार्केट्सको प्रमुखमा नियुक्त गरेको छ।
मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनुअघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरर, हेड अफ ट्रेजरी फाइनान्सियल एन्ड ग्लोबल मार्केट्सका कोषाध्यक्ष थिए।
मिश्रले सनराइज क्यापिटलमा डाइरेक्स (इन्भेस्टमेनट) पदमा पनि काम गरिसकेका छन्।
यसका साथै मिश्र फरेन एक्सचेन्ज एन्ड मनी मार्केट डिलर्स एसोसिएसन अफ नेपाल (एफईडीएएन)का पूर्वअध्यक्ष रहिसकेका छन्।
हाल उनी अमेरिकाको एसोसिएसन फर फाइनान्स प्रोफेसन (एएफपी) क्रियाशील सदस्य छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19