काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन्। जसको दायरा एकै पटक चार्जमा ३२० किलोमिटरसम्म पुग्छ। उचित मूल्य, धेरै राम्रो किलोमिटर दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रतिकिलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, ३ वर्षभित्र उपभोक्ताले करिब रु. २ लाख ५० हजार बचत गरी व्यावहारिक रुपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जका लागि १० एम्प चार्जर, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधा राफ्ट स्कुटरमा उपलब्ध छन्।
आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र रु. १ लाख ९९ हजार रहेको छ। नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरमध्ये एक राफ्टले एकपटकको चार्जमा ३२० किलोमिटरसम्मको माइलेज दिन्छ। जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो।
यसका अतिरिक्त उत्कृष्ट सुविधाहरु उपलब्ध छन्। फलस्वरुप ग्राहक र डिलरले कम्पनीलाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन्।
बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रुपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ। यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन्।
आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पांग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपांग्रे यात्रुवाहक कार र व्यावसायिक सवारीसाधनमा विस्तार गर्ने महत्वाकांक्षी योजना छन्।
राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पांग्रे सवारी उत्पादकहरुमध्ये एक हो। यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरुसहित गुणस्तरीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ।
डिलरसिप र सवारीसाधन खरिदसम्बन्धी कुनै पनि जिज्ञासाको लागि ९८०११०८९७५ मा सम्पर्क गर्न सकिनेछ।
आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिक नेपालमा याफ्ट मोटर्सको एकमात्र आधिकारिक वितरक हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago