काठमाण्डौ । विश्वप्रसिद्ध ‘स्मिरनफ भोड्का’ नेपालमै उत्पादन हुने भएको छ। 

विश्वकै नम्बर १ भोड्का ‘स्मिरनफ’ हालै एक कार्यक्रममाझ नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको हो। कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरका अनुसार ३ पटक डिस्टिल र १० पटक फिल्टर गरिएको उक्त भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै गरेको छ। 

विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै गरेको छ। स्मिरनफ नेपालका लागि ब्रान्ड एम्बेसेडरको भूमिकामा सुरज सिंह ठकुरी ररहेका छन्। 

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेय नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। जस्तै एन्टिक्यटुी ब्लुह्विस्की, सिग्नेचर प्रिमियर÷रेयर ह्विस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की, ब्लुरिब्यान्ड जिन आदि। 

योपटक भने संसारकै नम्बर १ भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो। विश्वका करिब १३० भन्दा बढी राष्ट्रमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मि.लि. क्रमशः रु. २ हजार २००, रु. १ हजार १०० र रु. ५५० मूल्यमा उपलब्ध छ।