काठमाण्डौ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासका लागि विद्युतिय गाडीहरुको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ। 

नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता थियो।

बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाण्डौको सलिम श्रेष्ठको ३४७ किलोमिटर रेन्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए। ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल हुनुभयो। त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे। 

कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमि रेन्जभन्दा बढी निकाल्न सेका थिए। 

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाणपत्रका साथ सामसुङ स्मार्ट एलईडी टीभी जित्न सफल भए। 

त्यसैगरी दोस्रो स्थानमा रहेको गोपाल शर्माले सामसुङ ओभेन जिते। तेस्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जिते। 

विद्युतीय गाडीहरुको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरुप्रति ग्राहकको द्विविधालाई हटाई यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी गराए।

यही पुस ३० गते शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट उद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल हुँदैै बुटवल बजार परिक्रमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो।

ईभीको उपयोग गरिदिने ग्राहकबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रममार्फत उनीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी गराए। 

हाल नेपालमा पनि विद्युतीय गाडीहरुको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाका लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरुलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ।