काठमाण्डौ । देशमा बढि़रहेको चिसोलाई मध्यनजÞर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा ‘सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। 

सूर्यज्योतिले आफ्नो मूलमन्त्रका रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एउटा न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपनमार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुआत गरेको हो। 

कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नका लागि विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक सस्थामा सञ्चालन गरिएको थियो।

यसका साथै कम्पनीले गुल्मीमा बौद्धिक–बहिरा अपांगता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण र माझीगाँउ बलिथुमका विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरेको छ। 

अभियानअन्तर्गत कम्पनीले लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको थियो। लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योति लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १०० भन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो। साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको थियो।