काठमाण्डौ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलोपटक काठमाण्डौदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ। 

३० जना राइडरहरुको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरुमा भाग लिए। उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे। 

चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे। युटुबर ‘जानकारी केन्द्र’ तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’ र ‘टुइनस—राइडर’हरु कार्यत्रममा उपस्थिति थिए।  

टीभीएसले काठमाण्डौ, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्रलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ। यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ। अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ। 

राइडका एक सहभागी भन्छन्, ‘चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरैमात्र हुन्छ। जगदम्बा मोटर्सले हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौँ।’

उनी यतिमा रोकिएनन्, उनले थपे, ‘हामीले फेसबुक र भाइबरका  एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरुको बारेमा अपडेटेड राख्नेछ। यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरुमा भाग लिन उत्सुक बनाएको छ।’ 

कार्यक्रमका अर्का एक सहभागी कल्याण श्रेष्ठले एओजीकै बारेमा सुनेर आफूले अपाचे किनेको बताए। उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, ‘मैले अपाचे आरटीआर २०० फोभि एफआई किनेपछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बा मोटर्सप्रति आभार व्यक्त गर्न चाहन्छु।’

एओजी, अपाचे बाइक भएका राइडरहरुको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रहरुका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ। 

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरुको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। 

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दूईपांग्रे ब्रान्डका रुपमा स्थापित छ।