काठमाण्डौ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका विभिन्न कम्पनीले वर्षभरि पर्ने चाडपर्व, दिवसहरुमा आफ्ना ग्राहकहरुका लागि विशेष अफ ल्याइरहेका हुन्छन्। कम्पनीहरुले विभिन्न खालका छुट सुविधासहितका अन्य आकर्षक योजना ल्याएर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएका छन्।
यस्तै भोलि फागुन २ गते प्रणय दिवस अर्थात प्रेम दिवस। प्रणय दिवसमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। सोही अवसर पारेर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य कम्पनीहरुले ‘भ्यालेनटाइन्स डे’ विशेष अफर ल्याएको छ। एनआईसी एसिया बैंक, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, भिभो, ई–कमर्स प्लेटफर्म बिजबजारले डिजिटल कारोबारमा क्यासब्याकदेखि १५ हजारको स्टेकेशन जित्ने मौकासम्मका आकर्षक अफरहरु ल्याएका हुन्।
कस्ता अफर कस्ता छन् ?
एनआईसी एसिया बैंक
बैंकले ग्राहकहरुका लागि सेलिब्रेट लभ विद एनआईसी एसिया बैंक योजना सार्वजनिक गरेको हो। यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलोपटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो । माघ २८ देखि आज फागुन १ सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरुमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पस मेसिनमा पहिलोपटक कारोबार गर्ने ग्राहकले १४ प्रतिशत वा अधिकतम २०० सम्म क्यासब्याक पाउने छन्।
यसका साथै बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन्स डेको दिन अर्थात फागुन २ गतेमा तारे होटेलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ। काठमाण्डौबाहिरबाट यस योजनामा समावेश भई डिनरका लागि छनौट हुने ग्राहकका लागि उनीहरुको पायक पर्ने नजिकैको तारे वा सोसरहको होटलमा आकर्षक डिनरको व्यवस्था बैंकले मिलाएको छ।
सूर्यज्योति लाइफ
कम्पनीले आमनेपालीका लागि ल्याएको भ्यालेनटाइन्स डे अफरमा विजेताले राजेश हमालसँग डिनर गर्न पाउनेछन्। यस अफरअन्तर्गत आफ्नो परिवारसँगको विशेष पललाई फेसबुक तथा इस्टाग्राममा पोस्ट गर्नुपर्नेछ। उक्त पोस्टमा ह्यासट्याग जीवनका लागि र सूयज्योति भ्यालेन्टाइन कन्टेस्ट एन्ड विन बिग गर्नुपर्नेछ। यसरी ह्यासट्यागमार्फत आएको भिडियोलाई छनौट गरिनेछ। जसमध्ये विशेष भिडियो पोस्ट गर्नेले राजेश हमालसँग डिनर गर्न पाउने कम्पनीले जानकारी दिएको छ।
यस्ता छन्भ्यालेन्टाइन्स डेलाई अझ विशेष बनाउन भिभोले ग्राहकका लागि विशेष योजना ल्याएको छ । १० फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले १५ हजार रुपैयाँको स्टेकेसन जित्ने मौका प्राप्त गर्नेछन्।
बिजबजार
ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन्स डेका अवसरमा ७ फेबु्रअरीदेखि एक हप्ता अर्थात ‘भ्यालेन्टाइन्स डे’ १४ फेब्रुअरीसम्म बी आवर भ्यालेन्टाइन नामक भ्यालेन्टाइन्स विक क्याम्पेन सञ्चालन गरिरहेको छ। सेवाग्राहीले विभिन्न सामान खरिद गर्दा यस क्याम्पेनअन्तर्गतको गिफ्ट फर हिम योजनामा ५५ प्रतिशतसम्म, गिफ्ट फर हर योजनामा ५५ प्रतिशतसम्म, फेसन प्रडक्ट्सः लभ फर फेसन, इलेक्ट्रोनिक प्रडक्ट्सः, लभ फर ग्याजेट्स, हेल्थ एन्ड ब्युटी प्रडक्टः, लभ अफ सेल्फ केयर योजनामा ३० प्रतिशतसम्म र हेल्थ एन्ड ब्युटी प्रडक्टः लभ अफ सेल्फ केयर योजनामा ७० प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन्।
यसका साथै कम्पनीले २ हजार रुपैयाँ माथिको खरिदमा २०० रुपैयाँबराबरको भौचर पनि प्रदान गर्ने छ। जुन भौचर ग्राहकले मायालु कोड प्रयोग गरी २८ फेब्ु्रअरीभित्र प्रयोग गर्न सक्नेछन्। बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु पनि सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राहीहरु तथा विजेताहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन्।
सेवाग्राहीहरुले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सीधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago