काठमाण्डौ । आईसीसी लिग टुअन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले यूएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ।
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको रोमाञ्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रुपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतललगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो।
‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सीजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरी आफ्नो सामाजिक दायित्व निर्वाह गरेको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19