काठमाण्डौ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले कम्पनीको मापदण्डअनुसार काठमाण्डौको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुइवटा शोरुम खुलेको छ। दुवै शोरुमको उद्घाटन आज त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाईबाट विशेष कार्यक्रमबीच गरिएको छ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ। कम्पनीको मुख्य उद्देश्य ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको छ।’
रोयल इनफिल्ड विश्वको एकमात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो। जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।
अल्फा अटोमोटिभले आफ्नो एवं डिलरसमेत गरी कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम सञ्चालन गरिरहेको छ। चैत महिनाभित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) सञ्चालनमा आउनेछन् र असार महिनाभित्र थप ८ वटा (विराटनगर, राजविराज, जनकपुर, हेटौँडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङलगाएतका सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।
अल्फा अटोमोटिभ त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमूलक उद्योग व्यवसाय, बैंकिङ, बीमा एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19