काठमाण्डौ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि केबलकार सेवा बन्द हुर्ने भएको छ।

केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभरि केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ। यसका साथै यसबाट यात्रुमा पर्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ।