काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले सिन्धुपाल्चोक जिल्लामा दुई दिन लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। 

भिजनले वैशाख १५ र १६ गते सिन्धुपाल्चोकको खाडीचौर, जलवीरे र चनौटेमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको भिजनले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डको सहजीकरण तथा स्थानीय व्यक्तित्व होमनारायण श्रेष्ठको विशेष सहयोगमा सम्बन्धित स्थानका स्थानीय निकाय तथा जनप्रतिनिधि, वडा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलागायत लगानीकर्ताको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको भिजनले जनाएको छ। 

बलेफी गाउँपालिकाको खाडीचौरमा वलेफी गाउँपालिका वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुलीको उस्थितिमा वैशाख १५ गते शुक्रबार कार्यक्रम सम्पन्न भएको थियो भने जलवीरे र जुगल गाउँपालिकाको चनौटेमा वैशाख १६ गते कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा दोस्रो वजारमा कारोवार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन काराबारसम्बन्धी व्यवस्थालगायतका विषयहरुमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए भने धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर वजारमा हुने जोखिम तथा प्रतिफलका विषयमा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत भिजनले देशका विभिन्न स्थानमा स्थानीय निकाय, उद्योग वाणिज्य संघ, धितोपत्र बोर्डलगायत अन्य संघसंस्थाको सहयोगमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। हालसम्म धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरु तथा सो प्रकारका कार्यक्रमहरु नभएका स्थानहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि कार्यक्रम गरिँदै आएको र आगामी दिनमा इलामको इलाम वजार र कैलालीको टीकापुरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिने भिजनले जनाएको छ।