काठमाण्डौ । आसियाना बासमती राइस (चामल)को नेपालका लागि आधिकारिक बिक्रेता रानी सती इन्टरनेसनल प्रालिले कारोबार सुरु गरेको १ वर्ष पुगेको छ। सो अवसरमा काठमाण्डौमा एक कार्यक्रम आयोजना गरिएको थियो। व्यापार सुरु भएको १ वर्ष पुगेको अवसरमा कम्पनीले वार्षिकोत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा जीआरएम फुड्सका अध्यक्ष्य प्रदीप गर्ग र मिस ईसीओ इन्टरनेसनल २०२३ रक्षा उप्रेती विशेष अतिथिका रुपमा उपस्थित थिए।
कार्यक्रममा जीआरएम फुड्सका प्रबन्ध निर्देशक यान्सिल गर्गले नेपालमा विश्वस्तरीय चामलनै उपलब्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिबद्घता व्यक्त गरे।
कार्यक्रममा रानी सतीका अध्यक्ष ओमप्रकाश बंसलले आसियाना बासमती राइसका बारेमा जानकारी दिए।
नेपालसमेत भारत तथा विश्वका धेरै देशहरुमा बिक्रीवितरण भएको आसियाना बासमती चामल काठमाण्डौलगायत पूरै देशभरि बिक्री विस्तार गर्ने योजना रहेको छ। उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकमाझ १ वर्षको अवधिमै निकै नै रुचाइएको मुलायम तथा बास्नादार चामलको ब्रान्डमा परेको छ।
कार्यक्रममा देशैभर छरिएर रहेका ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो।
सन् १९९० मा स्थापना भएको कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपलव्ध गराएकोे छ र ५० वर्षभन्दा पुरानो कम्पनीद्वारा उत्पादित हरियाणाको प्रख्यात चामल हो। रानी सतीले नेपालमा आसियाना चामलसँगै विभिन्न उत्पादनहरु पिसा आटा, रामदेव तेल, इन्दु शंकर चिनी तथा राजहंश तेलजस्ता उत्पादनहरु बिक्रीवितरण गर्दै आइरहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago