काठमाण्डौ । काठमाण्डौको नक्सास्थित यामाहा ब्लु स्क्वायरमा यामाहा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ। 

यामाहा मालिकहरुलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लु स्ट्रिक्सँ एक रोमाञ्चक र नवीन कार्यक्रम हो। जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो। ब्लु स्ट्रिक्स यामाहाको आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो।

ब्लु स्ट्रिक्स कार्यक्रममा सामेल भएर यामाहा मालिकहरुले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसर प्राप्त गर्नेछन्। विशेष कार्यक्रमका अवसर र सवारीदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटसम्म प्रदान गरी ब्लु स्ट्रिक्सले यामाहा मालिकका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ।

ब्लु स्ट्रिक्सको सुरुआत यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा रहेको माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए। ‘हामी सम्पूर्ण यामाहा मालिकहरुलाई एकै ठाउँमा ल्याउन र उनीहरुसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ, हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकको समुदाय सिर्जना गर्नु हो।’

ब्लु स्ट्रिक्सबारे थप जानकारीका लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जानुहोस्– https://www.maw2wheelers.com/blue-streaks