काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनले बालबालिकालाई थप सशक्तीकरण र सिर्जनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गरिएको छ।
‘इन्टरनेट बालबालिकाका लागि हो’ भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिका रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन्। त्यस्तै विशिष्ट अतिथिका रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुनकुमार बस्नेत र काठमाण्डौ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभश्री बाल उद्यान फोस्टर होमका स्वंयसेवकलगायतको सहभागिता थियो।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए। शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमता अन्वेषण गर्न सक्ने सीप बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ।
कार्यशालामा प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठूलो भूमिका रहेको विषयमा जोड दिएकी थिइन्।
कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’को रुप हो। यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजको भनाइ छ। ‘कार्यशालामा सहभागिता अत्याधिक रुपमा भएकाले हामी अत्यन्तै खुशी छौँ’, नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।
कला र शिक्षाका माध्यमबाट बालबालिकालाई सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताइन्।
कार्यशालाले अन्तर्क्रियात्मक सत्र सञ्चालनसमेत गरेको थियो। जहाँ बालबालिकाले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथा र अनुभव बाँडेका थिए।
नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कसपलाई वर्ल्डलिंक, बूढानीलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago