काठमाण्डौ । फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फर्स्ट बाइट’ ल्याएको छ्र।
यस योजनाअन्तर्गत फुडमाण्डु एपका नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५% छुट (रु. ५०० सम्म) पाउन सक्नेछन्।
फुडमान्डुकी सिनियर ब्रान्ड मार्केटिङ एक्जिक्युटिभ अंकिता जोशीका अनुसार फर्स्ट बाइटले स्वादका पारखी युवालाई आकर्षण गर्नमात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अँगाल्न खोजेको छ।
नयाँ प्रयोगकर्ताले फुडमान्डु एपबाट अर्डर गर्दा ‘फर्स्टबाइट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago