काठमाण्डौ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाण्डौमा घर जित्न सफल भएका छन्।

गत शुक्रबार इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसेडरहरु र कम्पनीका कार्यकारी अधिकृतद्वारा इसेवा मनी ट्रान्स्फरको आधिकारिक फेसबुक पेजमार्फत गरिएको प्रत्यक्ष डिजिटल गोलाप्रथामा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन्। विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे २ तल्लाको घर जित्न सफल भएका छन्। 

श्रेष्ठले यूएईबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए। 

पत्रकार सम्मेलनसहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा इसेवा मनी ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। उनले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीलाई म धन्यवाद दिन चाहान्छु। आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनीय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु।’

इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको  कम्पनीले ‘मेरो डिजिटल देश’अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाण्डौमा साढे २ तलाको घर दिने घोषणा गरेको थियो। गत ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरु यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरिएको थियो। 

कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गतको ‘विन योर ड्रिम हाउस’ सफलतापूर्वक सम्पन्न भएको बताए। उनले भने, ‘हामीले जुन उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदीबहिनीको उत्साहजनक सहभागिता रह्यो। आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्स्लाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ।’

इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।