 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुका लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानीसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा गत बुधबार सम्पन्न भएको हो। चिकित्सा पेसामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ ‘डाक्टर्स मिटः एक्प्लोरिङ फाइनान्सियल मार्केट’ नामक उतm कार्यक्रमको आयोजना गरिएको प्रभु क्यापिटलले जनाएको छ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए। तालिममा ३० जना भन्दा बढी चिकित्सकको सहभागिता थियो।
व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएका कारण चिकित्सकहरुले प्रभु क्यापिटलको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुका विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका छन्।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयर बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय–समयमा सञ्चालन गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19