काठमाण्डौ । सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोच बनाउँदै हुनुहुन्छ। अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ। तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ। त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ। 

नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो। युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित १ वर्षअघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ। 

एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाइँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ। यसमा प्रयोगकर्ताले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ पार्टनरका साथमा डेटिङ स्थल छनोट गर्न सक्नेछन्। विशेषगरी वायु, अग्नि, जल र पृथ्वीले हाम्रा दैनिक जीवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रीय मान्यताअनुसार यी चिह्नमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्।

एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ती गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ। कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटका लागि स्मरणीयस्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ। 

इभेन्टमा यसरी सहभागी बन्नुहोस्

तपाइँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस्। त्यहाँबाट सम्भावित ‘म्याचिङहरु’मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्यंकङ्कन गर्न सक्नुहुन्छ र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ। यो अनौठो सुविधाले तपाइँको पहिलो डेटिङका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाइलो र आकर्षक तरिका प्रदान गर्दछ। एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरुको ढोका खोल्छ र कुनै पनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ।

कसरी प्रयोग गर्ने ?

  • एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस्।
  • एक्सप्लोर मेनुमा तपाइँले विशिष्ट घटनाहरु वा रुचिहरु जस्ता विभिन्न विकल्पहरु फेला पार्नुहुनेछ। त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाइँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ। 
  • उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरु हेर्न तपाइँले अप्ट इन गर्न आवश्यक छ। त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ। यसले तपाइँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरु हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ।
  • तपाइँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस्।
  • कार्यक्रमका लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस्। आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिका बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस्।

नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको एकमात्र डेटिङ एप एस्ट्रोपड अहिलेसम्म १ लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन्। यो एपमार्फत युवायुवतीले सहजै रुपमा आफ्नो रुचि र ज्योतिषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन्। एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ।