काठमाण्डौ । प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको छ। यस्तो समयमा रियलमी यस्तो ब्रान्ड रहेको छ। जसले अत्याधुनिक प्रविधि र फ्ल्यागसिप–लेभल फिचरहरुलाई चित्ताकर्षक मूल्यमा उपभोक्ताहरु माझ ल्याउँदै आएको छ। 

रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा यस्तै एक प्रभावशाली सदस्यको रुपमा थपिएको छ। जेन एन प्रयोगकर्ताहरुलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ।

रियलमी नार्जो एन५३ः नेक्स्ट जेन क्विक, नेक्स्ट जेन शिक

युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक अतुलनीय पावरहाउस हो। एन्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ। यो संयोजनले एपिÞmसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ। जसले गर्दा प्रयोगकर्ताले एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सक्नेछन्। 

४६ जीबी एलपिडिडिआर ४एक्स र्याम भएकोले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङका लागि पर्याप्त मेमोरी छ। त्यस्तै यसमा भएको ६४÷१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरुलगायत अन्य फाइलहरु स्टोर गर्न पर्याप्त स्पेस हुनेछ। टन्न स्पेस भएकोले प्रयोगकर्ताले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सक्नेछन्। 

एन५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ। यसबाट प्रयोगकर्ताले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सक्नुहुनेछ। यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फिहरु लिन सकिनेछ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एपÞmएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ। जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभूति हुन्छ। ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव त अरुसँग तुलना नै गर्न मिल्दैन। 

त्यस्तै  ४५० निट्सको पिक ब्राइट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ। जसले प्रयोगकर्ताको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमी आउन दिने छैन। ‘फेदर गोल्ड’ र ‘फेदर ब्ल्याक’जस्ता आकर्षक रङहरुमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ। 

यस्ता आकर्षक फिचरहरु भएको यस नार्जो एन ५३ को मुल्य पनि उत्तिकै चित्तबुझ्दो रहेको छ। जसले गर्दा यसलाई बजारमा एक असली गेम चेन्जरको रुपमा खडा गरिदिएको छ।

४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य रु. १५ हजार ९९९ र ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. १८ हजार ९९९ रहेको छ।