काठमाण्डौ । उत्कृष्ट स्विस शिल्प कौशल र १०० प्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात मुभेनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ।
केएल दुगड समूहद्वारा आयात गरिएको मुभेनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेन्टका लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्व, स्वाद वा स्टेबिलाइजर बिना शुद्धताको वास्तविक सारलाई मूल रुप दिन्छ।
काठमाण्डौको ठमेलस्थित ठमेल– द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन मंगलबार गरिएकोे छ। स्टोर दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। यसका साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहेर यो स्टोर आइसक्रिम उत्साहीका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वाश रहेको छ।
मुभेनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउँदछ। प्रत्येक स्कुपले स्विट्जरल्यान्डको समृद्ध सम्पदाको अनुभूति गराउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19