काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्। 

यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए । 

बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ । 

बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा समेत थिए । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सीएसमेत रहेको बताइएको छ ।