काठमाण्डौ । यामाहा नेपालले मोटोजीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी  ‘राइड टु मोटोजीपी’ इभेन्टको घोषणा गरेको छ।

भारतमा पहिलोपटक  मोटोजीपी आयोजना हुने अवसरमा  यामाहा नेपालले आफ्नो प्रेसविज्ञप्तिमार्फत त्यस ऐतिहासिक अवसरको घोषणा गरेको हो।

नेपाली मोटरसाइकलको इतिहासमै पहिलोपटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठदिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटोजीपी हेर्न भारत लैजाने भएको छ।

२०२३ को २० सेप्टेम्बरदेखि ब्लूस्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटोजिपिको प्रत्यक्ष अनुभब गरी त्यहाँबाट पुन काठमन्डौ फर्कीएर यात्रा सम्पन्न हुनेछ।

छानिएका यामाहा  राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको  रेसिङ अवलोकनको  अनुभव प्राप्त गर्नेछन्।

मोटोजीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।
 
यामाहाले नेपाली समुदायकाबीचमा रेसिङको भावनालाई जगाउने काम गरिरहेको छ।

यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन गर्दै  ‘राइड टु मोटोजीपी’ को इभेन्ट तयार गरिएको कम्पनीले जनाएको छ । 

यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ,  जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्। पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ।

दर्तापछि यामाहाले अर्को राउन्डको छ्नौट प्रकृया अघि बढाउनेछ। यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ।छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नुपर्नेछ।