काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड–एस एफआई भी३को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। 

यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङमा उपलब्ध हुनेछ। नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको छ।

एफजेड–एस एफआई भी३.० उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्सन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड–एस एफआई भर्सन ३.० मा एयर–कुल्ड फोर–स्ट्रोक १४९ सीसी एसओएचसी, दुई–भल्भ, एकल–सिलिन्डर इन्धन–इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ। जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ। यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।

एमएडब्लू इन्टरप्राइजेज टुह्विलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने, ‘ एफजेड–एस एफआई भी३ धेरै मोटरसाइकलप्रेमीहरुको मनमा बस्न सफल मोडेल हो। त्यसैले हामी यसको नयाँ रङ विकल्पहरु, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरुसहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौँ।’

‘नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरुलाई साँच्चै झल्काउनेछ। यामाहा एफजेड–एसले सधैँ आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ’, उनले भने, ‘हामी नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्त खुसी छौँ। हाम्रा राइडरहरुले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन्।’

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरुको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरुका साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ। बजारबाट प्राप्त सुझावहरुको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड शृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरु अद्यावधिक गर्दै आएको छ।