काठमाण्डौ । आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
भेलामा ५० जनाभन्दा बढी ग्राहकको सहभागिता थियो। भेलामा सहभागीले आइसर ३०१५ जे एचएसडी मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षका बारेमा जानकारी लिएका थिए।
भेलाका सहभागीले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरका बारेमा जान्न पाएका थिए। यी विवरणले ग्राहकलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो।
‘नेपालगन्जका हाम्रा ग्राहकको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौँ। सहभागीको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ’, बतास एमएडब्लूका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले भने, ‘प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडीबाट तुलात्मक रुपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउनुका साथै लामो यात्रामा रेस्टका लागि गाडीभित्र नै सिल्पर क्याबिन रहेको छ।’
यसका साथै २७ प्रतिशत उकालोमा सजिलै आइसर ३०१५ जे एचएसडी मोडेलको गाडीले १०।३ टन भार बहन गर्न सक्ने गाहले बताए। ‘यसले हाम्रा ग्राहकलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छौँ’, उनले भने।
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago