काठमाण्डौ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।

ग्राहकले यस योजनाअन्तर्गत टीसीएलका कुनै पनि टेलिभिजनको खरिदमा रु. ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा रु. १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन्। 

यसैगरी ग्राहकले टीसीएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु. ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु. ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्। ग्राहकले टीसीएलको साइड बाई साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१ हजार ८०० सम्मको आकर्षक क्यास ब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन्। 

यस्तै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ। 

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेल विभान्तामा २५% सम्म छुट पाउन सक्नेछन्। 

यी सुविधाका लागि ग्राहकले धधध।अनभभिह।अयm मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

नेपालभर टीसीएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गट्ठार, टेकु, नयाँबजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।