काठमाण्डौ । वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ। पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ।
यसै सन्दर्भमा काठमाण्डौको शान्तिनगरस्थित न्यु समिट कलेज र टेकट्रिक्स नेपालद्वारा आयोजित टेकट्रिक्स–२०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्वताका साथ समापन भएको छ। समापन समारोहका प्रमुख अतिथि त्रिवि आईओएसटीका डिन प्राडा विनिल अर्यालले आईटी शिक्षामा विद्यार्थीलाई आफूसँग भएको अन्तर्निहीत क्षमता प्रस्फुटन गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको बताए। उनले भने, ‘आगामी विश्वमा आईटी शिक्षा र आईटी विज्ञले लिड गर्नेमा दुईमत छैन।’
कार्यक्रममा विभिन्न विधामा संचालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्राडा अर्यालले १ लाख ८५ हजार नगद पुरस्कार र प्रमाणपत्र विजेताहरुलाई वितरण गरेका थिए।
कार्यक्रममा आईटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो। क्ल्यास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए।
पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरीको टिम हाइप उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो। फिफा २३ विजेता जगदिज पाण्डे भएका थिए भने उपविजेताको उपाधि समिर गुरुङलाई गएको थियो।
तीनदिवसीय प्रयोगिताको मुख्य आकर्षण ह्याकथन सेन्ट जेभियर्स कलेजले जितेको थियो भने उपविजेता उपाधि सगरमाथा कलेज र तेस्रो स्थान न्युन समिट कलेजलाई गएको थियो। विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घन्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विभिन्न विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, ईआर प्रविन चौहान निर्णयका आधारमा विजेता घोषणा गरिको थियो।
कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो थिए।
समापन कार्यक्रमको सभापतित्व कलेजका प्रिन्सिपल चोकराज दवाडी गरेका थिए।स्वागत मन्तव्य कलेजका सञ्चालक समिति अध्यक्ष अजयप्रसाद ढकालले राखेका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19