काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ।
विदेशमा रहेका नेपालीले अब विदेशस्थित आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आईएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए। कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागिसमेत आईएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे।
यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रु. २ हजार २ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीनगुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19