काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ। 

यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ। यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकताहरुलाई कम गर्ने विश्वास गरिएको छ। 

यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत पर्दछ। यो सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बेलायती सरकारको यूकेएडको संलग्नता रहेको संयुक्त पहल हो। यसले नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरुमा समावेश योग्य दिगो ऊर्जा चुनौती कोषका परियोजनाहरुको ऋणका लागि २० प्रतिशत ग्यारेन्टी कभर अनुमति दिन्छ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वितरित नवीकरणीय ऊर्जा (डीआरई)मा निजी क्षेत्रको लगानी बढाउन तथा सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण र नियामकलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन क्रियाशील रहेको छ।