काठमाण्डौ । आधुनिक जीवनका लागि आजको डिजिटल युगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ। यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दसैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ।

नजिकिँदो महान चाड दसैँ र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ। सीजी डिजिटल र सीजीनेटबीचको सहकार्यमार्फत यस योजनाअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्। 

यसका साथै योजनाअन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२ हजार ८५९ पर्ने ४३ इन्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन्। यो वास्तविक मूल्यको आधा हो। त्यसैगरी ३२ इन्चको सीजी स्मार्ट टीभी, रु. २२ हजार ६४४ मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन्। 

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, उपभोक्ताले इसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सीजीनेटले भर्खरै आफ्ना सेवाहरु पोखरा, विराटनगर, इटहरी, धरान र वीरगन्जलगायत प्रमुख सहरमा विस्तारित गरेको छ। कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दिघाट, काठमाण्डौ, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ। उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभी पनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेसनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ।