काठमाण्डौ । २०८० सालको दसैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ।

४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ।

यो अफरमा सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरिएको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । 

ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन् ।

ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउनेछन्। होम थिएटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग ग्राहकहरूले दसैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ हजार ६९० रूपैयाँको बि४५० साउण्डबार सित्तैमा पाउनेछन् ।

सामसङले यो अफर सबै ग्राहककोलागि सरल  बनाउन र झन्झट रहित शून्य प्रतिशत ब्याज भएको ईएमआई तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ। अर्को स्टोरसँगको सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुएसन अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सकिनेछ । 

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ   । आगामी मंसिर ४ गतेसम्म रहेको यो अफर नेपालका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।