काठमाण्डौ । बैकल्पिक यातायात सेवा प्रदान गर्दै आएको इनड्राइभले सोमबार १५औँ काठमाडौं म्याराथनमा फूल  म्याराथन विजेता होमनाथ श्रेष्ठलाई ईभी स्कुटर उपहार प्रदान गरेको छ।

ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्मको रुपमा रहेको इनड्राइभले  एनआरएस स्पोर्टस फाउन्डेसनले आयोजना गरेको काठमाण्डौ म्याराथनमा हातेमालो गरेको थियो। 

यो वर्ष इनड्राइभले  सो कार्यका लागि आठ ओटा सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेको बताएको छ ।

किप फिट सर्किट तालिम भने आगामी ३१ अक्टोबरसम्म काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालन हुनेछ ।

इनड्राइभको हेड अफ स्पोट्स अन्ना फेडोरचकले काठमाडौं म्याराथन खेलकूद प्रतियोगिता मात्र नभई, यो खेलाडीबीचको मानवीय दृढता, भावना र एकताको उत्सव भएको बताइन् ।