काठमाण्डौ । भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले काठमाण्डौ–दिल्ली दैनिक उडान शुरु गर्ने भएको छ । 
भारतको उक्त एयरलाइन्सले बुधबारदेखि काठमाण्डौ–दिल्ली रुटमा दैनिक उडान सञ्चालन गर्नेछ ।

स्रोतका अनुसार भिस्ताराको दोस्रो उडान १०ः४० बाट ए–३२० निओ जहाजमार्फत् हुनेछ । साथै दैनिक रुपमा उक्त जहाज दिल्लीबाट ७ः४० काठमाण्डौका लागि उड्नेछ । जहाज काठमाण्डौमा ९ः४० मा अवतरण हुने स्रोतले जनाएको छ ।

साथै काठमाण्डौबाट जहाज विहान १०ः४० मा उडान गरेर दिल्लीमा १२ः१० बजे अवतरण गर्नेछ । भिस्ताराले आफ्नो वेबसाइट, मोबाइल ऐप र ट्राभल ऐजेन्सीहरुमार्फत् उडानहरुका लागि बुकिङ खोल्ने तयारी गरेको छ ।