काठमाण्डौ । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ शाखाबाट काठमाण्डौको नक्सालस्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।
कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु तथा डस्ट्प्यान उपलब्ध गराएको छ। यसका साथै समृद्धि फाइनान्सले कात्तिक १९ देखि २५ गतेसम्म २२ औँ वार्षिकोत्सव हप्ता मनाइरहेको छ।
यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामूलक कार्यक्र गर्ने जानकारी गराएको छ। कात्तिक २२ गते जनकपुर शाखाबाट सरसफाइ कार्यक्रम र कात्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल र्याली गर्ने जानकारी गराएको छ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19