काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ। बम्पर पुरस्कार काठमाण्डौको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँबानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन्। त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिईन्।

यो योजना एनसेलको १८औँ वार्षिकोत्सवका अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाइँकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरुमध्ये एक हो र यो भदौ ३१ गतेदेखि २८ दिनसम्म सञ्चालनमा रहेको थियो।

‘यो योजना अर्थपूर्ण तरिकाले ग्राहकको मन जित्ने हाम्रो प्रयासको एक प्रमाण हो’, जाब्बोरले भने, ‘यो कस्टमर इन्गेजमेन्ट योजनामार्फत हामीले एनसेलका बारेमा ग्राहकका विचारहरु हजारौँ नाराका रुपमा पाएका छौँ र हामी उहाँहरुको भावनालाई सधैं कदर गर्दछौँ।’

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु. १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो। यस योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरु, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए। 

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकले सर्त अनुसार एनसेलका बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरु प्राप्त गरेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरु क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्यांकन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणका आधारमा छानिएका थिए। यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरुप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो। मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौँडामा बम्पर प्राइज हस्तानतरण गरेको थियो। बाँकी रहेका १ जना विजयेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तानतरण गरिनेछ। 

एनसेलले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकसँग अन्तर्क्रिया गर्नुका साथै ती सेन्टरबाट बुधबार रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए।