काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरक फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

कम्पनीले अबदेखि माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरुले कार्ड, क्यूआर र एम स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत् हुने बताएको छ ।

सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको भन्दै कम्पनीले यसबाट भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बताएको छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका १ हजारभन्दा बढी फिनपोस वा पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क  राखि उक्त सेवा जडान गर्न सकिने पनि कम्पनीले बताएको छ ।

यस बाहेक फरक- फरक माध्यमहरु मार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन  सधैं तत्पर रहेको छ । 
 

कम्पनीले देशका सात वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।